>
दश वर्षे शिक्षण पेशा छाडेर २०७२ सालमा काठ्माण्डौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडाका श्रीराम नेपाली साहित्य लेखन र पत्रकारितामा क्रियासिल रहंदै आएका एक होनहार युवा हुन्>
>
>
बालकथा समेतमा कथाहरू लेख्ने राई लघुकथा, हाईकु, मुक्तक, गजल र कवितामा पनि उत्तिकै कलम चलाउने गरेका छन् । उनले दुईवटा वाल कथा संग्रह 'पोलेको मकै' २०७८ र 'टोली नेता' २०७४ समेत प्रकाशन गरेका छन्।>
>
>
>
संयुक्त लघुकथा संग्रह 'आजका लघुकथा' २०७४ मा पाँच वटा र 'संयोग' २०७९ मा उनका तीन वटा लघुकथा गरि आठवटा लघुकथा समेत प्रकाशित छन् । रावासावा प्राज्ञिक समाज नेपालका सचिव रहेका श्रीराम लघुकथा समाज नेपाल शाखा खोटाङको पहिलो अध्यक्ष पनि हुन् ।>
>
>>