खवरदार तिमि जनावर वनौला

Balensi Khabar 12+ समाचार ( )
६ अशोज २०८०


खवरदार
कसैले जातिका नाममा हिंसा भडकाउँलान
तिमि जनावर नबन्नु
भनिदेउ तिनिहरूलाई
मानव जातमा
महिला र पुरूष भन्दा अर्को कुनै जाति हुँदैन
कसैले यसमा विवाद गरेमा
भनिदिनु यो लेख्नेले यसको जवाफ दिनेछ
किनकि तिमि मान्छे हौ मान्छे
मान्छे हुन नविर्षनु
खवरदार
कसैले धर्मका नाममा हत्या गर्न उक्साउला
तिमि नरपशु नवन्नु, नउक्सिनु
भनिदेउ तिनिहरूलाई
मानव धर्म भन्दा ठूलो
अर्को कुनै धर्म छैन
चाहे त्यो हिन्दु होस वा क्रिष्चियन
चाहे त्यो मुस्लिम होस वा अन्य कुनै
कसैले यसमा विवाद गरेमा भनिदिनु
यो लेख्नेले यसको उत्तर दिनेछ
तर तिमि
मानव धर्म नछाड्नु
किनकि तिमि मान्छे हौ मान्छे
मान्छे हुन नभुल्नु
खवरदार
कसैले भाषाका नाममा
कसैको अस्तित्व मासिदिन उक्साउला
तिमि नउक्सिनु
भनिदेउ तिनिहरूलाई
प्रकृति भाषा बाहेक अर्को कुनै सर्वश्रेष्ठ भाषा हुँदैन
कसैले यसमा विवाद गरेमा भनिदिनु
यो लेख्नेले यसको उत्तर दिनेछ
तर तिमि
प्रकृति भाषा नविर्षनु
किनकि तिमि मान्छे हौ मान्छे
मान्छे हुन नछुटाउनु
किनकि भोलि हिंसाले
तिम्रो सन्तती मासिन्छ
उक्साउनेको होइन
किनकि भोलि तिम्रो पुस्ता सकिन्छ
भडकाउनेको होइन
किनकि तिम्रो अस्तित्व मेटिन्छ
युद्ध गराउनेको होइन
खून तिम्रो बग्छ
आदेश दिनेको होइन
तिमि मासिएर राक्षसी भर्याङ नवनिदेउ
मानवको शत्रु मानव नवनिदेउ
त्यसैले
खवरदार तिमि मान्छे हुन विर्षौला
खवरदार तिमि जनावर बनौला
तिमि मान्छे हौ
मान्छे बन्न सिक
हामि सबै
मान्छे हौ भन्न सिक
लेखकः-केशवप्रसाद पौडेल

प्रतिक्रिया

सम्बन्धित समाचार