सुदूरपश्चिमको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कमल शाह नियुक्त>>
सुदूरपश्चिम संवाददाता, माघ २६ गते >
>
>
ईन्दभुषण यादव,>
जनकपुर >
>>
>>
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमल शाह नियुक्त भएका छन् । प्रदेशसभामा कांग्रेसको संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।>>
यसअघि प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि एमालेका तर्फबाट प्रदेशमा मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावल पदमुक्त भएका थिए ।>>
पुस २७ मा एमालेका १० माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र १ राप्रपा १ गरी २९ जना सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए ।>>
५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्नेमा सरकार गठन भएको एक महिनामै सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले साथ छाडेपछि सुदूरपश्चिमबाट सात दलीय गठबन्धनको सरकार ढलेको हो ।>>
संविधानको धारा १६८ (२) अनुसार रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन भएको हो ।>>
संविधानको धारा १६८ (३)० मा ‘प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नसक्ने’ प्रावधान छ ।>>>>>>
>>>>
>>>>>
>>
>>>
>
All >>>>
>
>>>>>>>>>
प्रतिक्रिया
ताजा समाचार
व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिँदाको फाइदा
३ जेठ २०८१
राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता आज
२३ पौष २०८०
सर्लाही साहित्य समाज नेपालले मनाय लक्ष्मि जयन्ती
७ मंगशिर २०८०
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न
४ मंगशिर २०८०
छठ पर्वको धार्मिक र सामाजिक महत्व
४ मंगशिर २०८०
वान डे क्रिकेट विश्वकपमा अष्ट्रेलिया छैटौं पटक च्याम्पियन
४ मंगशिर २०८०