balensikhabar.com को परिक्षण प्रशारण सुरु

Balensi Khabar 12+ समाचार ( )
१४ माघ २०७९

नेपाली साहित्य तथा यससँग सम्बन्धित गतिविधिलाई अनलाईन पोर्टल मार्फत अघि बढाउने लक्ष्यका साथ साहित्यिक पत्रकारितामा नयाँ अध्याय शुरू भएको छ । बलेँसी साहित्य समाज, नेपालले साहित्यिक सचेतनाका लागि आफ्नो अनलाइन पोर्टल balensikhabar.com को परिक्षण प्रशारण सुरु गरेको हो । उक्त प्रशारणलाई केहि समय पछि औपचारिक रुपमा शुरू गरी पहुँच विस्तार गर्ने लक्ष्यका काम भइरहेको छ । अनलाइन मार्फत साहित्यका अलावा समाज, राजनीति,कला, संस्कृति, भाषा, धर्म, अर्थ, प्रशासन, कुटनीति, खेल, मनोरञ्जन, अन्तराष्ट्रिय लगायतका विविध कार्यक्रमहरु पनि प्रशारण हुनेछ ।

प्रतिक्रिया